मधेशी मुद्दाको राष्ट्रियकरण

मधेशी मुद्दाको राष्ट्रियकरण

‘एक व्यक्ति, एक मत’ र ‘सबै नागरिक बराबर’ जस्ता लोकतान्त्रिक अवधारणा लागू हुने हुन् भने मधेशीहरूलाई तिरस्कार गरेर अब यस मुलुकको राजनीति चल्न सक्दैन।

• सीके लाल

सीके लाल
तेइस मङ्सिरका दिन अचम्मै भयो। मधेशीहरूको अस्तित्वबारे समेत सामान्यतः अनभिज्ञ रहने संयुक्त राष्ट्रसंघको एउटा सिङ्गो टोलीले मधेशी मुद्दासँग सम्बद्ध व्यक्तिहरूसँग ललितपुरको एउटा सभाकक्षमा झ्ण्डै साढे सात घण्टा बितायो (हे. तस्बिर)। नेपाल सरकारका मन्त्री महन्थ ठाकुर तथा माओवादीसम्बद्ध मधेशी राष्ट्रिय मुक्ति मोर्चाका प्रमुख मातृका यादवसमेत उपस्थित रहेका त्यस कार्यक्रमले अरू केही गर्न नसके पनि एउटा बलियो सन्देश भने दिएको छः मधेशी मुद्दालाई सम्बोधन नगरी अब कुनै पनि राजनीतिक दलको गतिविधि प्रभावकारी हुनसक्दैन।

सुनिएअनुसार मधेशीहरूसँग सम्पर्क बढाएकाले संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानका विशेषदूत इयान मार्टिनले विभिन्न खेमाबाट सोझ्ो–घुमाउरो पाराका खप्की खाएका छन्। सातदल गठबन्धनले उनलाई शान्ति प्रक्रियामा सीमित हुन आग्रह गरेको छ।

धेशीहरूलाई ‘आफ्नो’ ठान्ने एउटा राजदूतावासले कूटनीतिक तवरले असन्तुष्टि पोखेको छ। सभामा भाग लिएका कारण मन्त्री महन्थ ठाकुर आफ्नो दल नेपाली काङ्ग्रेसभित्र आलोचित भएका छन्। तर, यतिबिघ्न आलोचना हुनु नै त्यो सुनुवाई कार्यक्रमको सफलता हो।

सअघि १२ मङ्सिरका दिन मधेशीहरूसँगको सम्पर्क बैठकमा माओवादी अध्यक्ष प्रचण्डले बोलेका एक–एक शब्द मिडियामा आएका थिए। तर सरकारी, गैरसरकारी एवं व्यापारिक सबै मिडियाले प्रचण्डले मधेशीहरूबारे बोलेका कुरालाई पूर्णरूपले तिरस्कार गरेका थिए। त्यसैले होला, अन्तर्राष्ट्रिय शान्तिकर्मी तथा अधिकारवादीहरूसँगको छलफलमा सञ्चारमाध्यमका प्रतिनिधिहरू निम्त्याइएका थिएनन्।

मधेशको मर्म मधेशीहरूलाई कहिले ‘मदिसे’ भनेर हेप्ने त कहिले ‘तराईबासी’ भनेर पुल्पुल्याउन खोज्ने दोधारे राजनीतिक प्रवृत्ति सात सालदेखि नै देखिँदै आएको हो। भाषाविद् डा. रामऔतार यादवले औँल्याएजस्तै ‘मदिसे’ भन्ने बोलाहटमा फुच्चे, काले, मोटे, रुन्चे, पिलन्धरे भनेजस्तै भाषाको ‘ए’ (शब्दकोशअनुसार कसैलाई डाक्दा वा हकार्दा जोडिने प्रत्यय) तिरस्कारसूचक शब्दांशको प्रयोग भएको छ। तराईबासीले बसोबास क्षेत्रको भूगोललाई जनाउँछ। त्यसैले गिरिजाप्रसाद कोइरालादेखि माधव नेपालसम्मका मूलधारका धेरै नेताहरू पनि तराईबासी छन्। तर मधेशी कहलिन केही खास भाषा, सँस्कृति, खानपान, रहनसहन र जीवनशैलीसँग जोडिएको हुनुपर्दछ। नेपाली मूलधारको हेराइमा त्यो परिचयलाई अहिलेसम्म ‘भारतीय’ वा ‘भारतीय मूल’ का रूपमा बुझदै आइएको थियो। एक प्रख्यात नेपाली साहित्यकारको भाषामा भन्नुपर्दा आसामको ‘नेपाली’ गाउँमा पुग्दा आफ्नै घर–आँगनमा पुगेको अनुभूति हुन्छ। तर, बर्दियाको थारू गाउँ वा सर्लाहीको मुशहर बस्ती बेग्लै संसार मानिन्छ। नेपाली सँस्कृति र नेपाली राजनीतिबीचको यस्तो द्विभाजन (डाइकोटोमी) कायम रहने हो भने नेपाली राष्ट्रियताको कुनै भविष्य छैन भन्ने कुरा सबभन्दा मुखर रूपले नेकपा (माओवादी) ले उठाएको हो। त्यो यश मओवादीलाई दिनैपर्ने हुन्छ। तर मधेशको मर्मलाई भित्रैदेखि सबैभन्दा बढी घच्घचाउने व्यक्ति पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुन्। उनले ०४७ सालमै दिल्लीमा गएर ‘मधेशीहरू शाही नेपाली सेनामा लिन लायक छैनन्’ भन्ने हाँक नदिएका भए महन्थ ठाकुर, जीतेन्द्र देव, मातृका यादव वा जयकृष्ण गोइतहरू अझ्ै सुतिरहेकै हुन्थे। र, तिनका नाउँमा प्रकाश कोइराला र बद्री मण्डलको बाहिरी घोचपेच र भित्री मनपेटले निरन्तरता पाइरहेकै हुन्थ्यो।

काठमाडौँका भित्ताहरूमा मधेशमुखी नारा लेख्न लगाएर मातृका यादव राजधानीका सुविधाभोगीहरूलाई ब्यूँझ्ाउन सफल भएका छन्। कोइराला थरका एकजना प्रभावशाली व्यक्तिको भाषामा, “केही वर्ष अगाडिसम्म रानीपोखरीमा चित्रलेखा यादवले छठ पूजा गर्ने वा मधेशीहरूले काठमाडौँमा सम्मेलन गर्ने भन्ने कुरा कसैले सोच्न पनि सक्दैनथ्यो।” उनलाई थाहा नहुन सक्छ, तर मधेशीहरू राष्ट्रिय जीवनको मूलप्रवाहमा सम्मानित हुन नसक्नुको एउटा मुख्य कारण नेपाली काङ्ग्रेस पनि हो। सधैँ मधेशको भरमा राजनीति गर्ने, मधेशको मत पाएर सरकार गठन गर्ने तर मधेशीहरूलाई पृष्ठभूमिबाट अगाडि आउन नदिने कुरामा नेपाली काङ्ग्रेस अन्य कुनै राजनीतिक दलभन्दा कम छैन। त्यसैले गजेन्द्रनारायण सिंहदेखि गणेश नेपालीसम्मका आत्मसम्मान भएका मधेशी राजनीतिकर्मीहरू त्यस दलभित्र अटाएनन्। महेन्द्रनारायण निधि र शेख इद्रिस अपहेलित रहे। तर आफ्नो परम्परागत मताधार रहेको मधेशलाई अब नेकाले समेत बेवास्ता गर्न सक्दैन भन्ने कुरा त्यस बूढो दलका युवा नेता–कार्यकर्ताहरूले समेत बुझनथालेको आभास पाइन्छ।

मधेशीहरूको दयनीय अवस्था देखाउन धेरै तथ्याङ्क तेर्स्याउनै पर्दैन। सेनामा मधेशीको उपस्थिति छैन। प्रशासनमा नगण्य मधेशीहरू जिम्मेवार पदसम्म पुग्न सफल भएका छन्। कूटनीतिमा खोजी पस्ने हो भने मुस्किलले दुई–चार मधेशी भेट्टाउन सकिएला।

धेशीहरूले भरिभराउ कहलिएको शिक्षा क्षेत्रमा समेत जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व न्यून छ। सद्भावना बाहेक कुनै पनि राष्ट्रिय दलको नेतृत्व मधेशीको हातमा छैन। मधेशी पत्रकार कुनै पनि प्रमुख मिडियाको सम्पादक छैनन्। हालत कस्तो छ भने कहाँ मधेशी छैनन् भनेर गनेर साध्य छैन। बरु को–को छन् त राष्ट्रिय जीवनमा रहेका प्रमुख मधेशीहरू? त्यो गन्न सजिलो छ। दालमा नून बराबर छ मधेशी उपस्थिति। तर यो अवस्था बदलिने आधारभूमि आठ दलको आम सहमतिबाट पारित नागरिकता ऐनले निर्माण गरिदिएको छ। ‘एक व्यक्ति, एक मत’ र ‘सबै नागरिक बराबर’ जस्ता लोकतान्त्रिक अवधारणाहरू लागू हुने हुन् भने मधेशीहरूलाई तिरस्कार गरेर अब यस मुलुकको राजनीति चल्न सक्दैन।

मतपेटिकाको अङ्कगणित

अजय जोशी
वर्गीय आधारमा मधेशीबाहेकका जम्मैजसो मत भागवण्डा भइसकेको अवस्था छ। माथितिरका सुविधाभोगी र तलतिरका सर्वहारा अधिकांश नेपाली मतदाता नेकाको पोल्टामा छन्। निम्नमध्यम वर्ग (पेट्टी बुर्जुवा) को प्रतिबद्धता अझ्ै पनि एमालेप्रति नै छ तिनको संवेदनशीलतालाई ध्यान दिँदै माधव नेपालले समेत रामनामी ओढेर यज्ञ गर्नुपरेको छ। स्वतन्त्र व्यवसाय गर्नेहरूमध्ये धेरैजसो पञ्चायत पृष्ठभूमिका दलहरूसँग सम्बद्ध छन्। यस परिस्थितिमा जुन दलले मधेशीहरूलाई आकर्षित गर्नसक्यो, संविधानसभापछि स्वतः त्यस दलको स्थिति मजबुत हुन्छ। त्यसैले नेकाबाहेक सबै दलमा अहिले मधेशीहरूलाई आकर्षित गर्ने होडबाजी चलेको छ।

एमाले मधेशीहरूप्रति असंवेदनशील रहँदै आएको हो। मुख्यतः पहाडबाट मधेश झ्रेकाहरूको बाहुल्य रहेको एमालेमा मधेशी नेताहरूको उपस्थिति अहिले पनि नगण्य प्रायः छ। अहिलेसम्मको राजनीतिक समीकरणमा लवेदासुरुवाल राष्ट्रवादले एमालेलाई फाइदा नै भइरहेको थियो। पहाडबाट मधेश र्झ्ने क्रम जारी रहेकाले चिन्ता गर्नुपर्ने अवस्था थिएन। एक अनुमानअनुसार सन् ७० को दशकतिर झ्ापा जिल्लामा मधेशीहरूको जनसङ्ख्या ७४ प्रतिशत र गैरमधेशीहरूको उपस्थिति २६ प्रतिशत थियो। अहिले स्थिति उल्टिएर क्रमशः २६ र ७४ भएको छ। त्यस्तै, डा. हर्क गुरुङको प्रतिवेदनअनुसार मधेशको केही भागमा ६१.५ प्रतिशत मात्र रैथाने अर्थात् मूलतः मधेशी रहेका छन् जवकि ३१.६ प्रतिशत गैरमधेशी आवासीहरूले स्थायी बसोबास गरिसकेका छन्। मधेशमा राजा महेन्द्रद्वारा पुनःस्थापित गराइएका गैरमधेशीहरूमा एमालेको पकड मजबुत नपार्ने हो भने माओवादीले एमालेको मताधार कमजोर पार्नसक्ने विश्लेषणका आधारमा अहिले रामचन्द्र झ्ा, जीतेन्द्र देव तथा रघुवीर महासेठको माग पार्टी पङ्तिभित्र बढ्न थालेको छ। खास गरेर केन्द्रीय नेता वामदेव गौतम यसप्रकारका गतिविधिमा अगाडि छन्। श्रीकृष्ण यादवको सक्रियतामा एमाले जातीय एवं सामुदायिक राजनीतिको पाटो पनि जाँच्न लागिरहेको छ। राष्ट्रिय मधेशी ऐक्यवद्धताका लागि एमालेले छुट्टै मधेश विभाग खोलिसकेको सुनिए तापनि झ्ा र महासेठको आन्तरिक प्रतिस्पर्धाका कारण त्यो इकाइले गति लिनसकेको छैन।

चुनावी राजनीतिमा मधेशको मह140व सबभन्दा बढी माओवादीहरूले बुझ्ेका छन्। तर अध्यक्ष प्रचण्डका प्रिय पात्र मानिने मातृका यादवको कद छोट्याउने बुर्जुवा खेल त्यस दलभित्र पनि शुरु भइसकेको छ। मधेशी राष्ट्रिय मुक्ति मोर्चाका सचिव प्रभु साह मोर्चा प्रमुख यादवको प्रतिद्वन्द्वीका रूपमा देखिएका छन्। मधेशीहरूमाझ् माओवादीहरूको छवि समस्याको रूपमा रहेको थियो, किनभने मधेशमा समेत अधिकांश नेतृत्व तहका कमाण्डरहरू गैरमधेशी नै थिए। माओवादी नेतृत्वले सम्भवतः आफ्ना सीमितताहरूलाई बुझ्ेको छ। राजमार्ग छेउछाउका सुकुम्बासी बस्ती र मधेशका रैथाने कृषि कामदारहरूबीच तालमेल मिलाउने चुनौती अहिले माओवादीहरूका लागि सबभन्दा प्राथमिकताको मुद्दा बन्न पुगेको छ।

सिरहा–सप्तरी र मोरङ–सुनसरीमा बढी क्रियाशील जयकृष्ण गोइतको जनतान्त्रिक तराई मुक्ति मोर्चा र त्यस विचारधारालाई बौद्धिक उर्जा प्रदान गर्ने मधेशी जनाधिकार फोरम राजनीतिक तवरले अहिले पनि गौण नै छन्। तर मूलधारका दलहरूले मधेशी मुद्दालाई सम्बोधन गर्न फेरि पनि असमञ्जस देखाइरहने हो भने मधेशमा हिंस्रक राजनीतिको प्रकोप बढ्न सक्छ। काठमाडौँको बौद्धिक विमर्शमा विरलै ठाउँ पाउने एउटा कुरा के हो भने मधेशी समुदायमा पूर्वपञ्चहरूको प्रभाव अहिले पनि व्यापक छ। बद्री मण्डल र सर्वेन्द्रनाथ शुक्ल अपवाद होइनन्। समस्या के हो भने अन्य दलहरूमा जस्तै पञ्चायत पृष्ठभूमि भएका राष्ट्रिय प्रजातन्त्र पार्टी वा जनशक्ति पार्टीका अधिकांश नेता गैरमधेशी छन्। त्यसैले गर्दा नेता–कार्यकर्ताबीच मालिक–नोकरको सम्बन्ध छ। यो सम्बन्ध सामान्यतः सहनशीलतामा आधारित हुन्छ र सम्बन्ध टुट्ने प्रक्रिया वैमनस्यपूर्ण र हिंस्रकसमेत हुनसक्छ। सुदूर पश्चिमका मधेशी जिल्लाहरूमा केही वर्षयता देखिएको यो मोहभङ्ग प्रवृत्ति रौतहट, बारा र पर्सामा समेत देखिनथालेको छ। तर समुदायहरूका बीच सम्बन्ध बिग्रिएपछि उत्पन्न हुने तनावको सबभन्दा ज्वलन्त उदाहरण अहिले सिरहा जिल्ला बन्न पुगेको छ, जहाँ मधेशीहरूमाझ् अत्यन्त लोकप्रिय रहेका राप्रपाका नेता कृष्णचरण श्रेष्ठ केही दिनअगाडि आफ्ना मधेशी सहयोगीसँगै मारिए।

मधेशीहरूको जनसङ्ख्या उल्लेख्य रहे पनि यकिनका साथ तथ्याङ्क तोक्न अहिले पनि गाह्रो छ। मधेशी जुझ्ारुहरूका अनुमानलाई आधार मान्ने हो भने कम्तीमा ५० प्रतिशत मतदाता मधेशी छन्। र, गैरमधेशी मतदाताहरूको तुलनामा कम मधेशी विदेशिएकाले निर्णायक मत मधेशमा छ। मातृभाषा र जातिगत आधारमा छुट्याइएको जनगणना तथ्याङ्कलाई नै हेर्ने हो भने पनि कम्तीमा एक तिहाई राष्ट्रिय जनसङ्ख्या मधेशी मूलका व्यक्तिहरूको छ। ती जम्मैजसो अपेक्षाकृत सजिलो यातायात र सञ्चार सुलभ क्षेत्रमा बसोबास गर्छन्। तिनलाई सङ्गठित गर्न सजिलो छ। शाह, राणा शासनको उत्पीडनले गर्दा र केही हदसम्म मूलधारका दलहरूमा व्याप्त भेदभावपूर्ण व्यवहारले गर्दा समेत मधेशीहरूलाई उद्वेलित गर्न झ्नै सजिलो छ।

इयान मार्टिनको सद्भाव र मातृका यादवको अग्रसरताले गर्दा मधेशी मुद्दाको अन्तर्राष्ट्रियकरण भएको छ। त्यो भन्दा जरुरी छ– मूलधारका दलहरूको पहलमा मधेशी मर्मको राष्ट्रियकरण। २३ मङ्सिरको सुनुवाइलाई समाप्त गर्दै मन्त्री महन्थ ठाकुरले भनेझ्ैँ मधेशीहरू सबै ‘नेपाली’ हुनुमा गौरव गर्दछन्। तिनको त्यो राष्ट्रिय भावनालाई तिरस्कार गरियो भने भयावह स्थिति उत्पन्न हुनसक्छ। मन्त्री ठाकुरले अन्य दलहरूलाई सुनाउनुभन्दा मधेशी मुद्दामा सबभन्दा पछाडि परेको नेपाली काङ्ग्रेसलाई यो कुरामा झ्क्झ्क्याउन सके भने त्यो नै अहिलेका लागि उनको सबभन्दा ठूलो सफलता हो। आखिर धेरै आलोचना नसही नेतृत्व स्थापित हुँदैन।

राष्ट्रिय एकता कुनै अमूर्त स्वैरकल्पना नभएर भौगोलिक, सामाजिक, साँस्कृतिक, आर्थिक तथा वैयक्तिक सम्बन्धका आधारमा जागृत हुने राजनीतिक ऐक्यवद्धता हो। लामो समयसम्म राजनीतिक दलहरू प्रतिबन्धित रहेकाले नेपालमा राष्ट्रिय सोचले व्यापकता पाउन सकेको थिएन। ०६३ सालको जनविद्रोहले समावेशी लोकतन्त्रमा आधारित राष्ट्रियता निर्माण गर्ने राजनीतिक कार्यादेश दिएको छ। त्यस जनादेशलाई बेवास्ता गर्नेहरूले स्वयं आफ्नो वैधानिकता गुमाउने छन्। मूलधारका दलहरूले मधेशको मुद्दालाई साम्प्रदायिक रूपमा नभएर राष्ट्रिय रूपमा हेर्नुपर्ने आवश्यकता जनविद्रोहले औँल्याइसकेको छ। दलहरूले त्यो जनादेश आत्मसात गर्नु उत्साहजनक सङ्केत हो।

Source::http://www.nepalihimal.com/2063/paush-1-15/bishleshan_madhesi.html

2 Responses

  1. AIMSA means wot :we all are nepali not indian madesi we call madesh as terai terai is ours not madesh

  2. Gyanendraji,
    You need to first understand the meaning of Nepali and Indian properly . Have you ever thought why a person from Darjeeling is happily embraced in Nepal as Nepali where as a person from Janakpur , Birgunj or Gaur finds it hard to be called as Nepali. request you to delve deep in that , probably you will then understand the meaning of Madhesis and importance of AIMSA

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: